PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ मा ८९ जना संक्रमित थपिए, कुन जिल्लामा कति?



फूलमाया पुरी

प्रदेश १ मा ८९ जना संक्रमित थपिए, कुन जिल्लामा कति?

विराटनगर : प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार थपिएका संक्रमितहरु ३८ महिला र ५१ जना पुरुष छन्।

मोरङमा ४४, सुनसरीमा २९, झापामा ७ जना संक्रमित थपिएका हुन्। त्यस्तै इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा आज १३ महिलासहित २९ जनामा संक्रमित थपिएका छन्। त्यस्तै मोरङककै कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

यता सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क छ।

त्यसैगरी झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको कोरोना  परीक्षण रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ।

प्रदेश १ मा शुक्रवार ६९ जना डिस्चार्ज भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन्।

प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा आज २ हजार ६५ पीसीआर परीक्षण भएको छ।

प्रदेश १ मा हालसम्म ७५ हजार ६ सय १८ पीसीआर परीक्षण भएको सामाजिक मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell