PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

सुशान्तसिंह राजपुत मुद्दामा सीबीआईले थाल्यो अनुसन्धान, निर्देशक महेश भट्ट पनि मुछिए



पहिलोपोस्ट

सुशान्तसिंह राजपुत मुद्दामा सीबीआईले थाल्यो अनुसन्धान, निर्देशक महेश भट्ट पनि मुछिए

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)ले आजदेखि अनुसन्धान सुरु गरेको छ।

अनुसन्धानका लागि सीबीआईलाई सर्वौच्च अदालतले अनुमति दिएको थियो। सुशान्तका पिता केके सिंहले पटना पुलिसमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध जाहेरी दिँदै सीबीआई जाँचको माग गरेका थिए।

सुशान्तको मृत्युको वास्तविक कारण खोज्न मुम्बई पुगेको सीबीआईको टोलीले सुशान्तका भान्से नीरजको बयान लिएको छ। हाउस म्यानेजर सैमुअल मिरांडासँग सोधपुछ गरेको छ। बान्द्रा पुलिस थाना पुगेर केस डायरी र दस्‍तावेज लिएको छ। सुशान्तको फोन पनि नियन्त्रणमा लिएको छ। सुशान्तको घरमा डमी टेस्‍टको तयारी भइरहेको छ।

सीबीआईले सुशान्तको अपार्टमेन्टको सीसीटिभी फुटेज पनि प्राप्त गरेको छ। जाँचका लागि फरेन्सिक टिमलाई पठाइएको छ। सीबीआईले डीसीपी परमजीत दहियासँग पनि सोधपुछ गर्नेछ।

सीबीआईको टोली मुम्बईमा ५ समूहमा बाँडिएर अनुसन्धान अघि बढाइरहेको छ। सीबीआईको टोलीलाई एसपी अनिल यादवले नेतृत्व गरिरहेका छन्। टोलीले मुम्बई पुलिसबाट केसको डायरी, तीन मोबाइल र सुशान्तको ल्याप्टप जफत गरेको छ।

सीबीआईले बलिउडमा गुटबन्दी र दुबई माफियाको संलग्नताको कोणबाट पनि मुद्दाको अनुसन्धान गर्नेछ।

महेश भट्ट पनि मुछिए

सुशान्त प्रकरणमा फिल्‍म निर्देशक महेश भट्ट पनि मुछिएका छन्। महेशले सुशान्तविरुद्ध रिया चक्रवर्तीलाई उक्साएको खुलेको छ। सामाजिक सञ्जाल ह्वाट्स ऐपमा लेखिएका म्यासेजले सुशान्तको साथ छोड्न महेशले रियालाई पटक पटक भनेको र महेशकै दबाबमा रियाले साथ छोडेको खुलेको सञ्चारमाध्यमले जनाएका छन्।

सीबीआईले प्राम्भिक जाँचपछि रिया र महेश भट्टलाई अनुसन्धानको दायरामा ल्याउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell