काठमाडौं: सरकारले हालसम्म पीसीआर परीक्षणका लागि ल्याबमा मात्रै ३ अर्ब १८ करोड ९४ हजार ४४ हजार ५ सय खर्च भएको जनाएको छ।
हालसम्म ५ लाख ४९ हजार ४ सय १६ जनाको सरकारले पीसीआर परीक्षण गरेको छ। एक जनाको पीसीआर गर्न ५ हजार ५ सय खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा.जाग्शवर गौतमले यो खर्च पीसीआर ल्याबमा मात्रै भएको बताए। कोभिडको परीक्षण र उपचार महंगो भएको गौतमको भनाई छ। 'एक जना पत्ता लगाउन १ लाख ४ हजार ६ सय २० रुपैयाँ खर्च हुन्छ। त्यसपछिको उपचारमा पनि खर्च हुन्छ,' उनले भने।
गौतमले परीक्षण र उपचार महंगो भएकाले सबैलाई घरभित्रै बस्न आग्रह गरे। उनले चाडपर्व पनि घरमै बसेर मनाउन आग्रह गरेका छन्। प्रवक्ता गौतमले अहिलेको अबस्था बढ्दै गए स्थिति भयावह हुने चेतावनी समेत दिए।
