PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोरोना कहरबीच फिल्म ‘बा’ घोषणा



पहिलोपोस्ट

कोरोना कहरबीच फिल्म ‘बा’ घोषणा
प्रतीकात्मक तस्विर

काठमाडौं : कोरोना कहरबीच फिल्म ‘बा’ बन्ने घोषणा भएको छ। निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औंसी अर्थात् बाबुको मुख हेर्न दिन चलचित्र बिकास बोर्डमा ‘बा’ फिल्म दर्ता गरेका हुन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आए आउँदो मंसिरदेखि छायाँकनमा निस्कने बताइएको छ। ‘बा’ अर्को वर्षको कुशे औंशीमा प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्देशक सूर्य बोहोराले बताए।

फिल्मको पटकथा बोहोरा र अभिमन्यु निरवीले सहलेखन गरेका हुन्। लम्जुङ र मनाङमा खिचिने फिल्मको कलाकार भने अनुबन्धित भएका छैनन्। फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन्। फिल्मका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको गीत संगीत रहने बताइएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell