PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा एक ४८ वर्षीय कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा एक ४८ वर्षीय कोरोना संक्रमितको मृत्यु

वीरगंज : नारायणी अस्पताल मातहतमा सञ्चालनमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएको छ। मृत्युु हुनेमा वीरगंज १० रानीघाटका ४८ वर्षका पुरुष रहेका छन्।

मधुमेह र मुटुरोगी समेत रहेका ती संक्रमितलाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दै आएकोमा शुक्रवार दिउँसो सवा १ बजे अचानक भेन्टिलेटरमै मृत्यु भएको थियो। साउन ३१ गते उनको श्वासप्रश्वासमा समस्या आएपछि नारायणीको आइसीयूमा उपचार शुरु गरिएकोमा साउन ३२ गते पीसीआरर पोजिटिभ देखिएपछि उनलाई थप उपचारको लागि वीरगंज हेल्थ केयर हस्पिटल लगिएको थियो।

योसंगै कोरोना संक्रमणले वीरगंजमा पर्साका २४, बाराका ६, रौतहटका ३ र एक जना पहिचान नखुलेका गरी कुल ३४ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell