PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पीसीआर परीक्षण सहज भएका देशबाट भदौ १६ देखि नियमित उडान, ७२ घण्टाभित्रको रिपोर्ट नेगेटिभ हुनुपर्ने



पहिलोपोस्ट

पीसीआर परीक्षण सहज भएका देशबाट भदौ १६ देखि नियमित उडान, ७२ घण्टाभित्रको रिपोर्ट नेगेटिभ हुनुपर्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्ने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

उनका अनुसार दैनिक ५०० यात्रु नबढ्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउनेछ। मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन सक्नेछन्।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन्। उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने खतिवडाले बताए। काठमाडौंमा आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell