PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

तीजमा श्रीमतीका लागि व्रत बसे गायक प्रमोद खरेल



पहिलोपोस्ट

तीजमा श्रीमतीका लागि व्रत बसे गायक प्रमोद खरेल

आज महिलाहरुको महान पर्व हरितालिका तीज। महिलाहरु आफ्नो पति तथा युवतीहरु हुनेवाला पतिको दिर्घायुका लागि पानी पनि नखाई निराहार व्रत बस्छन्।

पछिल्लो समय पुरुषहरु पनि व्रत बस्न थालेका छन्। यसपालिको तीजमा गायक प्रमोद खरेल श्रीमतीको सुस्वास्थ्य र दिर्घायुका लागि व्रत बसेका छन्।

सुत्केरीपछि प्रमोदकी श्रीमती ३ महिनादेखि विरामी छन्। स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ। स्वास्थ्यका कारण यसपालिको तीजमा उनी व्रत बस्न सकिनन्। अनि प्रमोद उनका लागि व्रत बसे।

प्रमोदले आज विहानै ट्वीटरमार्फत आफू श्रीमतीका लागि व्रत बस्न लागेको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell