PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

अभिषेक आबद्ध भएको पुष्टि गर्दै भारतीय फुटबल क्लब मोहम्मेदनले लेख्यो : रिजाल नेपाली रोनाल्डो-रिजाल्डो



पहिलोपोस्ट

अभिषेक आबद्ध भएको पुष्टि गर्दै भारतीय फुटबल क्लब मोहम्मेदनले लेख्यो : रिजाल नेपाली रोनाल्डो-रिजाल्डो
Photo : facebook.com/MohammedanS.C.Official

काठमाडौं : नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजाल आबद्ध भएको पुष्टि गर्दै भारतीय क्लब मोहम्मेदनले रिजाल टिममा आएसँगै विदेशी खेलाडीको कोटा पूरा भएको उल्लेख गरेको छ।

‘डन डिल, मोहम्मेदन स्पोर्टिङ क्लबले नेपाली खेलाडी अभिषेक रिजाललाई आबद्ध गर्दै विदेशी खेलाडीको कोटा पूरा गरेको छ’, मोहम्मेदनको फेसबुक पेजमा लेखेको छ, ‘रिजाल अहिले नेपाली राष्ट्रिय टिमका खेलाडी हुन्। उनले सन् २०१९ मा एएफसी कपमा भारतीय विपक्षीविरुद्ध गोल गर्दै आफ्नो नाम बनाएका थिए।’

साथै, क्लबले रिजाललाई ‘नेपाली रोनाल्डो’ भन्दै ‘रिजाल्डो’ को उपनामसमेत दिएको छ।

DONE DEAL ✅ 🚨✈️: Mohammedan SC complete their quota of foreign players by roping in the Nepalese sensation Abhishek...

Posted by Mohammedan Sporting Club Official on Friday, August 21, 2020

मोहम्मेदन भारतको कोलकाताको पुरानो क्लब हो। चन्द ब्रदर्स प्रालिको पहलमा रिजाल दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन्।

रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन।

रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन्। उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell