PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगंजमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, हेल्थ केयर अस्पतालमा थप दुई जनाको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, हेल्थ केयर अस्पतालमा थप दुई जनाको मृत्यु
Illustratiob by : Gerry Fletcher/ BBC

वीरगंज : नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा दुईजना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत् दुई जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगंज-१० रानिघाटका ४८ वर्षीय पुरुष र वीरगंज २६ सुगौलिका ५८ वर्षका पुरुष रहेका छन्।

मधुमेह र मुटुरोगी समेत रहेका ४८ वर्षका संक्रमितलाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।  शुक्रबार दिउँसो सवा १ बजे भेन्टिलेटरमै रहेको बेला उनको मृत्यु भएको थियो हो।

साउन ३१ गते उनको श्वासप्रश्वासमा समस्या आएपछि नारायणीको आइसियुमा उपचार शुरु गरिएकोमा साउन ३२ गते पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि उनलाई  थप उपचारको लागि वीरगंज हेल्थ केयर हस्पिटल लगिएको थियो।

यस्तै अर्को मृतकमा भने बिहीबार राति कोरोना भाइरस पोजेटिभ पुष्टि भएको थियो। त्यसपछि तराई हस्पिटलबाट राति डेढ बजे उनलाई रेफर गरी हेल्थकेयर भर्ना गरिएको थियो। उनको पनि उपचारकै क्रममा राति ८:०५ बजे मृत्यु भएको हो।

योसंगै कोरोना संक्रमणका कारण वीरगंजमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell