PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

२ सय ७० जनाको कोभिड १९ परीक्षण गर्दा ३३ जनामा पोजेटिभ



पहिलोपोस्ट

२ सय ७० जनाको कोभिड १९ परीक्षण गर्दा ३३ जनामा पोजेटिभ

काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको पछिल्लो परीक्षणमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ। बाँकी २ सय ३७ जनाको भने कोरोना नेगेटिभ आएको हो।

शुक्रवार राति १२ बजेसम्म चितवन, बारा, पर्सा लगायतका मानिसमा  भएको परीक्षणमा कोरोना देखिएको हो। २ सय ७० नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना देखिएको अस्पतालले जानकारी गराएको छ। 

थपिएका मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका थप ७ जना पुरुष र ९ जना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell