PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध



रासस

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध
फोटो : तेजबहादुर तामाङ

चितवनः सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ। 

केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने प्रहरीले जानकारी दिएको छ। पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell