PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

शाहरुखको एक्सन फिल्‍म 'पठान'मा जोन खलनायक, अपोजिटमा दीपिका



पहिलोपोस्ट

शाहरुखको एक्सन फिल्‍म 'पठान'मा जोन खलनायक, अपोजिटमा दीपिका
PHOTO : Instagram/iamsrk

सन् २०१८ को फिल्म 'जिरो'पछि पर्दामा नदेखिएका बलिउड बादशाह शाहरुख खान आगामी फिल्म 'पठान'लाई लिएर चर्चामा छन्। दुई वर्षदेखि दर्शक व्यग्र प्रतिक्षामा छन्।

लकडाउनमा घर बसेर थुप्रै फिल्मको स्‍क्र‍िप्‍ट पढेका शाहरुखले सुरुमा यशराज फिल्‍म्‍सको 'पठान'लाई छनौट गरे। उनको यो हाई अक्‍टेन एक्सन फिल्‍ममा जोन अब्राहमलाई पनि अफर गरिएको छ। उनी खलनायक भूमिकामा हुनेछन्। शाहरुखलाई एक्सनमा टक्‍कर दिनेछन्।

'पठान'लाई 'वार' फिल्‍मका फेम निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्।

फिल्‍ममा शाहरुखको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण हुनेछिन्। दीपिकालाई शाहरुखले 'ओम शान्ति ओम' बाट बलिउडमा डेब्यु गराएका थिए। 'चेन्‍नई एक्‍सप्रेस' र 'ह्याप्‍पी न्‍यू इयर' मा पनि सहकार्य गरे। अब पठानमा एकपटक फेरि दीपिकासँग जोडी बाध्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell