PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगंजमा थप एक संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ३६ पुग्यो, तीन जनाको अवस्था गम्भीर



राधेश्याम पटेल

वीरगंजमा थप एक संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ३६ पुग्यो, तीन जनाको अवस्था गम्भीर

वीरगंज : नारायणी अस्पताल अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा आएको वीरगंज हेल्थ केयर अस्पतालमा आज विहान एक जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ डोकैलाबहुअरीका ६१ वर्षीय वृद्ध रहेका छन्।

चार दिनदेखि वीरगंज विर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा उपचार गराउँदै आएका वृद्धलाई भदौ ४ गते पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन बेलुका राति ८ बजे वीरगंज हेल्थकेयर अस्पतालमा ल्याइएको थियो।

मधुमेह तथा मुटुरोगी समेत रहेका वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा शनिवार विहान ७ बजेर १० मिनेटमा मृत्यु भएको जनाइएको छ। उनलाई श्वासप्रश्वास, ज्वरो तथा बान्ताको समस्या थियो।

यससँगै पर्सा, बारा र रौतहटका गरी कुल ३६ जना संक्रमितको वीरगंजका नारायणी, गण्डक, वीरगंज हेल्थकेयर हस्पिटल तथा नेशनल मेडिकल हस्पिटल लगायतमा मृत्यु भएको छ। जसमा पर्साका एक जना वेवारिसे लाससहित २८, बाराका ६ र रौतहटका २ जना रहेका छन्।

यसैबीच, वीरगंज हेल्थकेयर अस्पतालमा थप तीन जना संक्रमितको अवस्था एकदमै नाजुक रहेको बुझिएको छ। तीनै जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहको र अवस्था गम्भीर देखिएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell