PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना भाइरसको महामारी दुई वर्षभित्र सकिन सक्छ : विश्व स्वास्थ्य संगठन



पहिलोपोस्ट

कोरोना भाइरसको महामारी दुई वर्षभित्र सकिन सक्छ : विश्व स्वास्थ्य संगठन
Reuters

विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेएससले कोरोना भाइरस महामारी दुई वर्षभित्र साम्य हुन सक्ने बताएका छन्।

शुक्रवार जेनेभामा बोल्दै टेड्रोसले सन् १९१८ मा देखिएको स्पेनिस फ्लू सकिन दुई वर्ष लागेको सम्झिँदै भने,’तर हाल प्रविधि र विज्ञानको विकास भएको छ। त्यसैले कोभिड-१९ झन् छोटो समयमा सकिन सक्छ।‘

विश्वको संयुक्तताका कारण भाइरस एउटा देशबाट अर्को देशमा चाँडै फैलन सक्ने सम्भावना भए पनि प्रविधिले संक्रमण नियन्त्रणमा लिन सहयोग पुर्‍याउने बताए। भने,’संक्रमण रोक्न राष्ट्रिय एकता र राष्ट्रव्यापी ऐक्यवद्धताको अवधारणा अपनाउनु पर्छ।‘

कोरोना भाइरसका कारण हालसम्म ८ लाख मानिसले ज्यान गुमाइ सकेका छन्। त्यस्तै २ करोड २७ लाखभन्दा बढी मानिस संक्रमित छन्।

बीबीसीका अनुसार टेड्रोसले यस्तो महामारीको समयमा पीपीई लगायत अन्य सुरक्षा उपकरणमा भ्रष्टाचार गर्नेहरूलाई अपराधीको संज्ञा दिए। भने,’यो परिस्थितिमा कुनै पनि किसिमको अपराध स्वीकार्य छैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell