वीरगंज : पर्सा, बारा र रौतहटका गरी ६० जना संक्रमित थपिएका छन्।
नारायणी अस्पताल प्रयोगशाला अनुसार ४५० जनाको नमुना परीक्षणबाट ८ महिला र ५२ पुरुष गरी कुल ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। जसमध्ये पर्साका ५४, बाराका ५ र रौतहटका १ जना संक्रमित रहेका छन्।
संक्रमित हुनेमा ३ वर्षदेखि ६० वर्ष सम्मका बालिबालिका, महिला, पुरुष तथा वृद्ध रहेका छन्। पर्साका ५४ जनामध्ये अधिकांश पर्सागढिको रहेको नारायणी अस्पताललले जनाएको छ।
