PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भारतमा कोभिड-१९ संक्रमण बढ्दो, हरेक दिन बन्दै नयाँ रेकर्ड



पहिलोपोस्ट

भारतमा कोभिड-१९ संक्रमण बढ्दो, हरेक दिन बन्दै नयाँ रेकर्ड
GETTY IMAGES

भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को ६९ हजार ८ सय ७८ नयाँ संक्रमित देखिए। यो हालसम्मकै उच्च दैनिक संक्रमण दर हो।

शुक्रवार मात्र त्यहाँ ९ सय ४७ जना संक्रमितले ज्यान गुमाए।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ हालसम्म २९ लाख ७५ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्य ६ लाख ९७ हजार ३ सय ३० एक्टिभ संक्रमित छन्। २२ लाख २२ हजार ५ सय ७८ जना संक्रमण मुक्त भइसकेका छन् भने ५५ हजार ७ सय ९४ जनाले संक्रमणकै कारण ज्यान गुमाइ सकेका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दैनिक १० लाखभन्दा बढी मानिसको संक्रमण परीक्षण भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell