काठमाडौं : पोखरामा थप १३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा पोखरा महानगरपालिकाका वडा नं ४ का २२ र २३ वर्षका दुई पुरुष ५ का ३४ वर्षका एक पुरुष र ६ का ३५ र ६१ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै वडा नं ८ का १९, २४ र ४४ वर्षका तीन महिला र १६ वर्षका एक किशोरमा पनि संक्रमण पुष्टि भएको छ।
९ का ३५ वर्षका पुरुष, १६ का ३० वर्षका पुरुष, २७ का ३० वर्षकै पुरुष र ३० का २७ वर्षकी महिलामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
