काठमाडौं : भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा ३३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। २७० नमुना परीक्षण गर्दा ३३ वटा नमुनाको कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि भएका मध्ये भरतपुर अस्पताल र भरतपुर सामुदायीक अस्पतालमा उपचाररत तथा स्वास्थ्य कर्मीहरी ७ पुरुष र ९ महिलामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै भरतपुर महानगरपालिकाका हुन्। त्यस्तै चितवन मेडिकल कलेजमा रत्ननगरका ५० वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। राप्ती नगरपालिकाका २ पुरुष र एक महिला पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा ६ पुरुष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरु नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहटका स्थानीय हुन्।
त्यस्तै बागेश्वरी ल्याबबाट संकलित नमुना मध्ये ५ वटामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै बाँके नेपालगंज का हुन्।
पछिल्लो समय चितवनका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि हुने क्रम बढ्दो छ। शुक्रवार साँझको तथ्यांक अनुसार चितवनमा ३४ जना स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ।
