PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

संक्रमित सङ्ख्या शून्य हुने जिल्ला झर्दो, ५ सयभन्दा बढी हुने बढ्दो



पहिलोपोस्ट

संक्रमित सङ्ख्या शून्य हुने जिल्ला झर्दो, ५ सयभन्दा बढी हुने बढ्दो

काठमाडौं : पछिल्लो समय देशभर कोरोनाको संक्रमण फैलिने दर बढ्दै गएको छ। ७७ वटा जिल्लामा नै कोरोना फैलिसकेको छ। तर केही जिल्लामा भने कोरोना कन्ट्रोल भइसकेको थियो। चारदिन अघिसम्म पाँच जिल्लाहरुमा कोरोनाका एक्टिभ केस थिएन।

सङ्खुवासभा, मनाङ, मुस्ताङ, हुम्ला र डोल्पा जिल्लामा कोरोना फ्री भइसकेका थिए। तर, अहिले यी जिल्लामध्ये मुस्ताङ र हुम्लामा कोरोना संक्रमितको सङ्ख्या देखिसकेको छ। अहिले कोरोनाको एक्टिभ केस नभएका जिल्लाहरुमा  मुस्ताङ, म्याग्दी र हुम्लामात्र रहेका छन्।

काठमाडौं लगायत छ जिल्लामा पाँच सय एक्टिभ केस रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। काठमाडौं सहित मोरङ, पर्सा, रौतहट, महोत्तरीमा र सर्लाहीमा ५ सयभन्दा धेरै एक्टिभ विरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए। केही दिनअघि पाँच जिल्लामा मात्र एक्टिभ केस ५ सयभन्दा धेरै थियो। अहिले त्यो सूचीमा एउटा अर्को जिल्ला थपिएको छ।

काठमाडौं उपत्यकाभित्र शनिवार मात्र २ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको हो। काठमाडौंमा १ सय ६० , भक्तपुरमा ५० जना र ललितपुरमा ६ जनामा पोजेटिभ देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell