PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रहरीलाई देखेपछि १६ लाख रुपैयाँ फालेर एक जना फरार



पहिलोपोस्ट

प्रहरीलाई देखेपछि १६ लाख रुपैयाँ फालेर एक जना फरार

वीरगंज : बारा प्रहरीले हुन्डीको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। शनिवार बिहान ८ बजे महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा सो रकम बरामद गरेको हो।

पश्चिम बेनौली चोक तर्फबाट आएका एक मोटरसाइकल चालकलाई रोक्न खोज्दा उनले रातो रंगको झोला फालेर भागेका थिए। प्रहरी टोलीले उक्त झोला हेर्दा १ हजारका ७६२ थान र ५ सयका १ हजार ६७६ थान गरी सोह्र लाख फेला परेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए।

प्रहरी टोलीलाई झुक्याएर फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell