PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सडक बालबालिकाको कथा ‘डार्क मुन’मा



पहिलोपोस्ट

सडक बालबालिकाको कथा ‘डार्क मुन’मा

काठमाडौं : सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ। कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशन रहेको फिल्म यूट्युब रिलिज भएको हो। फिल्ममा एक आमाले सन्तानप्रतिको जिम्मेवारी बिर्सदा निम्तने परिस्थिति देखाइएको छ।

फिल्मको कथा स्थापित चलचित्र लेखक प्रदीप भारद्वाजले लेखेका हुन्।

फिल्म बारे निर्देशक ज्ञवाली भन्छन्, ‘यो समाजको यथार्थ तस्वीर हो। आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश दिनु फिल्मको उद्धेश्य हो।’

‘डार्क मुन’मा साहिल खान, सूर्या थापा, क्रिजन गौतमको शीर्ष भूमिका छ। त्यस्तै अन्य कलाकार तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको पनि अभिनय रहेको छ।
कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यस फिल्मलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell