PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

गान्धीको सुनको चस्मा बिक्यो ४ करोड ७ लाख रुपैयाँ भन्दा बढीमा



पहिलोपोस्ट

गान्धीको सुनको चस्मा बिक्यो ४ करोड ७ लाख रुपैयाँ भन्दा बढीमा

लन्डन : महात्मा गान्धीले लगाउने गरेको सुनको चस्मा बेलायतमा २ लाख ६० हजार पाउन्डस्टर्लिङ (४ करोड ७ लाख रुपैयाँ)मा लिलाम भएको अक्सन हाउसले जनाएको छ।

'चार साता अघि हाम्रो लेटर बक्समा त्यो फेला पार्‍यौं जसलाई एक भलाद्मीले पठाएका थिए। उनले चस्मा उनका काकाबाट पाएका रहेछन् जसलाई गान्धी आफैँले दिएका थिए,' चस्मा बिक्री भइसकेपछि इस्ट ब्रिस्टोन अक्सनले इन्स्टाग्राममा लेखेको छ, 'एउटा अविश्वासिलो वस्तुका लागि अविश्वासिलो परिणाम! बोलकबोलमा सहभागी सबैलाई धन्यवाद।'

 

 

 

 

 

View this post on Instagram

 

 

 

 

 

 

 

 

 

SOLD £260,000 - Gandhi's Glasses. An incredible result!

A post shared by East Bristol Auctions (@eastbristolauctions) on

गान्धी आवश्यक परेका मानिसलाई आफ्ना सामानहरु दिएर सहयोग गर्नमा चर्चित थिए। अहिंसावादी आन्दोलनका अभियन्त रहेका गान्धीले एक व्यवसायीका काकालाई चस्मा दिएका थिए। सन् १९२० या १९३० ताका व्यवसायीका काका दक्षिण अफ्रिकामा ब्रिटिस पेट्रोलियममा काम गर्थे।

यो चस्मा करिब १५ हजार पाउन्ड स्टर्लिङमा बिक्री हुने अपेक्ष गरिएको थियो जसलाई अप्रत्यासित हिसाबमा तोडियो। चस्मामा सुन नभएको भए फ्याकिँदिन समेत भनेका थिए। जसले यो चस्मा ब्रिस्टोन अक्सनमा बुझाएका थिए उनलाई यसको मूल्य १५ हजार पाउन्डस् आउनसक्ने बताउँदा उनी अचम्मित हुँदै कुर्सीमा पल्टिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell