PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पहिरो प्रभावितलाई सहयोग गर्न कालिकोट पुगे पल शाह



पहिलोपोस्ट

पहिरो प्रभावितलाई सहयोग गर्न कालिकोट पुगे पल शाह

नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन्।

हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्य उक्त सहयोग वितरण गर्न सानो टोलीसहित पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन्। कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद पल कालिकोट पुगेका हुन्।

हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानले त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, विस्तरालगायतको सहयोग वितरण गरेको छ।

कोभिड १९ सँग जुधिरहेका विपन्न नागरिकले विपद्को पनि एकैचोटी सामना गर्नु परेपछि समस्या भएको भन्दै आफूले सक्ने सहयोग सामग्री लिएर कालिकोट पुगेको पलले बताए।

बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पीडा महसुस गरेर सहयोग गर्न पुगेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell