PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा आज थपिएका संक्रमितमध्ये एक जना आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी



फूलमाया पुरी

विराटनगरमा आज थपिएका संक्रमितमध्ये एक जना आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी
प्रतीकात्मक तस्वीर।

विराटनगर : विराटनगर महानगरपालिकाले व्यवस्थापन गरेको होल्डिङ आइसोलेसनमा खटिएकी एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ।

संक्रमित स्टाफ नर्स महानगरपालिकाकी कर्मचारी हुन्। हाल विराटनगरस्थित मारवाडी सेवा सदनमा बनाइएको होल्डिङ आइसोलेसनमा संक्रमितको उपचारमा खटिइरहेको अवस्थामा संक्रमित भएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड-१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए।

कुइकेलका अनुसार कोरोना भाइरस लक्षण देखिएपछि भदौ ३ गते उनीसहित त्यहाँ खटिएकी अर्की एक जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो। ती संक्रमित स्टाफ नर्स गत साउन २७ गतेदेखि मारवाडी सेवा सदनमा खटिएकी थिइन्। त्यसअघि उनी तीन दिन बैजनाथपुर स्वास्थ्य चौकीको होल्डिङ आइसोलेसनमा खटिँदै आएकी थिइन्।

‘उहाँ आएको एकदुई दिनमै लक्षण देखियो’, कुइकेलले भने, ‘उहाँसँगै कार्यरत चारजनामध्ये दुईजनालाई घाँटी दुख्ने र ज्वरो पनि देखियो, त्यसैले दुवैको हामीले पीसीआर परीक्षण गर्दा आज संक्रमण पुष्टि भएको हो।’

त्यसो त हालसम्म ८४ जना संक्रमित महानगरपालिकाका तीन होल्डिङ आइसोलेसनमा रही उपचाररत रहेका छन्। जसमा मारवाडी सेवा सदनमा ४६, बैजनाथपुर स्वास्थ्य चौकीमा २ र कालिस्थान धर्म सेवा सदनमा ३६ जना रहेको कुइकेलले जानकारी दिए।

त्यसैगरी, महानगरपालिकामा आज पुष्टि भएका २० महिलासहित ३३ जना संक्रमितमध्ये २३ जनाको वडा नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वडा नम्बर १ का एक जना, २ र ४ नम्बर वडाका दुइरदुई जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, ६ नम्बर वडाका तीन जना, ८ र १६ का एकरएक जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell