PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

भोजपुरमा तीन जना प्रहरीमा देखियो कोरोना संक्रमण



रासस

भोजपुरमा तीन जना प्रहरीमा देखियो कोरोना संक्रमण

भोजपुर : भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। पीसीआर रिपोर्ट पोजिटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्।

यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो। होल्डिङ एरियामा राखेर पीसीआर परीक्षण गरिएकामा रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए।

यही भदौ ३ गते उनीहरुसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र जिल्लामा अग्रपङ्क्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, बिदामा गएर फर्किएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना संकलन गरी परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell