PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु



रासस

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

झापा : कोरोना संक्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ।

सुनसरीको कोशी गाउँपालिका-२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो। आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बी एण्ड सी हस्पिटल ल्याइएको थियो। एन्जीओग्राफी गर्न गङ्गालाल हृदयरोग केन्द्र लैजान बी एण्ड सीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उनको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई शुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ। कोभिड-१९ का बिरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell