PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

आइतवार काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्



रासस

आइतवार काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्

काठमाडौं : नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकोले विद्युत् कटौती गरिने भएको हो।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र,  खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको जनाएको छ। प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ।

तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell