PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु भन्दै मदिरा ओसार्ने एक जना पक्राउ



रासस

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु भन्दै मदिरा ओसार्ने एक जना पक्राउ

तनहुँ : निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बन्दिपुर-१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन्। डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका-१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो।

खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिए। आवश्यक कानुनी कारबाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उनले बताए।

आज शनिवार परेकाले कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

भानु नगरपालिकामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell