PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सन्दीपको उत्कृष्ट प्रदर्शनको बावजुद् हार्‍यो जमैका



पहिलोपोस्ट

सन्दीपको उत्कृष्ट प्रदर्शनको बावजुद् हार्‍यो जमैका

क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा जमैका तलावाज पराजित भएको छ। गुयना अमेजन वारियर्ससँगको खेलमा जमैका १४ रनले पराजित भएको हो। योसँगै एक खेल जितेको जमैका लगातार दोस्रो खेलमा पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अमेजन वारियर्सले १९.१ ‌ओभरमा ११८ रन बनाउँदै अलआउट भएको थियो। वारियर्सका लागि ब्राडोन किङ्ग्सले २९ रन तथा चन्द्र पउल हेमराज र रोस टायलरको समान २१ रनबाहेक अरु खेलाडीको ब्याटिङ सम्झन लायक रहेन। वारिर्सलाई सामान्य लक्ष्यमा रोक्न मुजिब उल रहमान र कार्लोस ब्रेथवेटले समान ३/३ विकेट लिँदा सन्दीप लामिछानले ८ रन दिँदै २ विकेट लिए।

सन्दीपले सेरफेन रुतरफोर्ड र वारियर्सका कप्तान क्रिस गिनलाई आउट गराएका थिए।

यता ११९ रनको सामान्य चुनौती पछ्याएको तलाबाजको ब्याटिङ जम्न सकेन्छ। आन्द्रे रसेलको अभिजित ५२ रन, कप्तान रोभमेन पावेलको २३ रन र आशिफ अलिको १४ रनबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्। र, निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन जोडेको तलावाज १४ रनले पराजित हुन पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell