PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लकडाउनमा अनुशासित पोख्रेली ! हेर्नुस् यस्तो देखियो दृष्य

लकडाउनमा अनुशासित पोख्रेली ! हेर्नुस् यस्तो देखियो दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य -

पोखरा बजार दोस्रो लकडाउनमा पूर्ण रूपमा बन्द हुँदै आएको छ। बजार सुनसान छ। तरकारी पसल पनि खुलेका छैनन्। लेक साइडमा एकाध पर्यटक देखिए भने फेवातालमा केही माछा मार्नेहरू।

सुरक्षाकर्मी चोकहरूमा तैनाथ छन्। बिहानैदेखि माइकिङ गर्दै सचेत बनाउन उनीहरु जुटेका छन्। केही पानीका गाडीहरू कुदिरहेको देखिन्छ। सुरक्षाकर्मीको पेट्रोलिङ नियमित भइरहेको छ। अस्पताल जानेहरू हिँडेर गइरहेका देखिए। तर यस्तो सङ्ख्या अत्यन्त न्युन देखिन्छ। पोखराका मुख्य बजार महेन्द्र पुल, पृथ्वी चोक, चिप्लेढुंगा, लेकसाइड, बगर, रानी पौवा, कुडहर, अमरसिंह चोक, जिरो किलोमिटर सबैतिर पूर्ण रूपमा लकडाउन पालना गरिएको छ। साना साना बजार र टोलहरु पनि पूर्णरूपमा बन्द छन्।

पोखराका पत्रकार कृष्णमणि बरालले पहिलो पटक भन्दा यसपाली लकडाउनको पूर्ण पालना भएको बताए। पछिल्लो पटक कोरोना संक्रिमितको सङ्ख्या पोखरामा बढ्न थाले पछि मानिसहरू बढी सचेत भएको पाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell