PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

दुई दिन ठप्प भएको काठमाडौं आज बिहान भने चहलपहल



पहिलोपोस्ट

दुई दिन ठप्प भएको काठमाडौं आज बिहान भने चहलपहल

काठमाडौं : लगातार दुई दिन मानिसहरुको चहलपहल ठप्प भएको काठमाडौंमा आज बिहानको दृष्य भने फरक देखिएको छ। निषेधाज्ञा जारी भएसँगै सुरु भएको तीज र शनिवारको विदाका कारण बिहानैदेखि ठप्प थियो काठमाडौं। तर, आज आइतवार भने मानिसहरुको बाक्लै चहलपहल देखिएको छ।

दुई दिनसम्म बन्द रहेका पसलहरु आज बिहान खुलेको देखियो भने सडकमा मानिसहरुको गतिविधि पनि बाक्लिएको देखिएको छ। खाद्यान्न, तरकारी र फलफूलका पसल अधिकांश खुलेका छन्। पछिल्लो दुई दिन भने अधिकांश पसलहरु बन्दजस्तै थिए।

पसलमा मानिसहरुको चहल पहल पनि दुई दिनभन्दा आज धेरै देखिएको छ। मर्निङ वाकमा हिँड्नेहरु पनि आज भेटिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले मर्निङ र इभिनिङ वाकलाई समेत निषेध गरेका छन्।

आज सडकमा दुई दिनको भन्दा सवारी साधनको चाप पनि धेरै देखिएको छ। निषेधाज्ञा सुरु भएको दिन प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई समेत रोकेको थियो। त्यसैको विरोधमा बैंङ्कर संघरले बैंकहरु बन्द गर्ने घोषणा गरेको थियो। त्यसैको दवावपछि प्रहरीलाई बैंक कर्मचारीलाई नरोक्न निर्देशन भएको छ। आज त्यसले पनि सडकमा सवारीको मात्रा धेरै देखिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell