PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

चितवनमा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोभिड- १९ को संक्रमण पुष्टि



पहिलोपोस्ट

चितवनमा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोभिड- १९ को संक्रमण पुष्टि

काठमाडौं : चितवनमा मृत्यु भएका दुई जनाको कोभिड १९ संक्रमण पुष्टि भएको छ। कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालन गरेको कोभिड इन्फो चितवनले जनाएको छ। 

उपचारका क्रममा मृत्यु भएका हेटौडा-३ निवासी ६५ वर्षीय महिला र हेटौडा-४ निवासी ५६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो।

अस्पतालमा उपचारका लागि साउन ३२ गते भर्ना भएकी ६५ वर्षीय महिलाको शनिवार साँझ मृत्यु भएको थियो त्यस्तै आइसीयुमा उपचार गराइरहेका ५६ वर्षीय पुरुषको बिहीवार मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell