PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

भेन्टिलेटरमा राखेर उपचारकै क्रममा गयो संक्रमित महिलाको ज्यान



राधेश्याम पटेल

भेन्टिलेटरमा राखेर उपचारकै क्रममा गयो संक्रमित महिलाको ज्यान
फाइल फोटो

वीरगंज : गएराति वीरगंजमा थप एक संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरगंज ११ श्रीपुरकी ५६ वर्षकी महिला रहेकी छिन्। उनको शनिवार राति साढे ७ बजे नारायणी अस्पताल अस्थायी कोभिड हस्पिटल वीरगंजमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। साउन २२ गते स्वाब संकलन गरी २४ साउनमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

कोभिड अस्पतालको आइसीयूमा भर्ना गरी उपचार भइरहेको थियो उनको। पछिल्लो २४ घण्टा भने उनको अवस्था बिग्रिँदै गएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

यससँगै वीरगंजका विभिन्न अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ। जसमा पर्साका एक वेवारसेसहित २९, बाराका ६ र रौतहटका २ जना रहेका छन्।

ट्राभल हिस्ट्री नभए पनि उनमा थाइराइडको समस्या थियो। पछिल्लो समय स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell