PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

३ सय २० जनाको परीक्षण गर्दा १ सय ५६ मा देखियो संक्रमण : ५ डाक्टर र ५ पत्रकारलाई पनि कोभिड १९ पोजेटिभ



राधेश्याम पटेल

३ सय २० जनाको परीक्षण गर्दा १ सय ५६ मा देखियो संक्रमण : ५ डाक्टर र ५ पत्रकारलाई पनि कोभिड १९ पोजेटिभ
फाइल फोटो

वीरगंज : पर्सा र बारामा गरी कूल १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। ३ वर्षका बालकदेखि ७० वर्षका वृद्धसम्मका संक्रमित थपिएको नारायणी अस्पताल वीरगंजले जनाएको छ।

नारायणी अस्पताल पीसीआर प्रयोगशालाले शनिवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ३ सय २० वटा नमूना परिक्षणबाट बाराका ११ र पर्साका १ सय ४५ गरी कूल १ सय ५६ जना कोरोना संक्रमित फेला परेको हो। संक्रमितहरु मध्ये वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, तराई हस्पिटल एण्ड रिर्सच सेन्टर, पावर हाउस तथा भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर लिंकरोडका गरी ५ डाक्टरसहित केही स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका केही सुरक्षाकर्मी पनि संक्रमित भएको जनाइएको छ। नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्जका ५ जना सञ्चारकर्मी तथा कर्मचारी पनि संक्रमित भएको जनाइएको छ। आइतवार बिहानसम्म पर्सामा नयाँ १ सय ४५ जना र पुराना १ हजार ७ सय ९० जना गरी कूल १ हजार ९ सय ३५ जना संक्रमित पुगेको जिल्ला प्रशासन कार्यालय पर्साको संकट व्यवस्थापन केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell