PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

दुई जना थुनुवा कोभिड अस्पतालबाट पोखरीमा हामफालेर फरार, दुबै जना कोरोना संक्रमित



राधेश्याम पटेल

दुई जना थुनुवा कोभिड अस्पतालबाट पोखरीमा हामफालेर फरार, दुबै जना कोरोना संक्रमित

वीरगंज : नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयर अस्पताल गण्डक बहुअरीबाट दुई जना थुनुवा भागेका छन्। गए राति २ बजे दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरु फरार भएका हुन्।

संक्रमित भई उपचारको क्रममा अस्पतालबाट भाग्ने थुनुवामध्ये वीरगंज १६ नगवाका केशव तिवारीका छोरा वर्ष १९ का छोटु तिवारी रहेका छन् भने अर्का सर्लाही, लालबन्दी नपा ३ स्थायी घर भई हाल वीरगंज ५ रामटोलमा बस्दै आएका नन्दे मार्फीका वर्ष २० का राम माझी रहेका छन्।

उनीहरु फरार भएको घटना भएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए। पर्सा जिल्लाका थुनुवाहरुलाई वीरगंजको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा राखेर आइसोलेट गर्दै आएकोमा उनीहरुको स्वासथ्य अवस्थामा गडबडी आएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा पठाइएको थियो। फरार थुनुवाहरुको बारेमा जिल्ला प्रहरी कर्यालय पर्साले उनीहरुको घर तथा आफन्तजनको घरमा खोजी कार्य गरिरहेको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीले फरार थुनुवाको बारेमा जाननकारी भए पर्सा प्रहरी वा १०० मा कल गरी सर्वसधारणसँग अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell