काठमाडौं : वागमती प्रदेशमा पछिल्लो दुई सातामा २७ सय बढी कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि भएकामध्ये दुई साता अगाडि साउन २४ मा संक्रमितको संख्या प्रदेशमा संक्रमितको संख्या एक हजार ६ सय ३७ थियो।
साउन २५ देखि भदौ ६ सम्म २ सय ६४ प्रतिशतले संक्रमितको संख्या बढ्दै ४ हजार ३ सय २१ पुगेको वागमतीको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्लो दूई सातामा वागमती प्रदेशमा २ हजार ७०६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
संक्रमणको अवस्था
प्रदेशमा कूल संक्रमितमध्ये ०.७ प्रतिशत अर्थात् ३१ जनाको मृत्यु भइसकेको छ। नेपालभर कुल संक्रमित मध्ये मृत्यु हुने ०.५ प्रतिशत छ। त्यस्तै डिस्चार्ज हुने दर सिंगो मुलुकको भन्दा कम छ वागमतीमा। कूल संक्रमितको ५८.९ प्रतिशत नेपाल भर डिस्चार्ज भएका छन् भने वागमती प्रदेशमा कूल संक्रमितको १७.२ प्रतिशत मात्र डिस्चार्ज भएका छन्।
एक्टिभ केस प्रदेशमा ८२.१ प्रतिशत रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
दैनिक संक्रमणको ट्रेन्ड
साउन २४ गते ८३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो वागमतीमा। त्यस्तै साउन २५ मा १ सय ६ जनामा संक्रमण पुष्टि भयो। साउन २६ मा ८० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या तेहोरो अंकमा छ। सबैभन्दा बढी भदौ २ गत ३ सय १३ जनामा संक्रमण पुष्टि भयो। त्यस्तै भदौ १ र भदौ ६ गते २ सय ८७ थियो।
अघिल्लो साता भन्दा यो साता संक्रमण पचास प्रतिशतले बढी छ। गत साता वागमती प्रदेशमा एक हजार २० जना नयाँ संक्रमित थपिएकोमा पछिल्लो साता मात्र एक हजार ६ सय ८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ।
कुन जिल्लामा कति?
वागमती प्रदेशमा कूल संक्रमितमध्ये ५७ प्रतिशत संक्रमित काठमाडौं जिल्लामा मात्र छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार काठमाडौं जिल्लामा २ हजार ४ सय ५३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।
प्रदेशका १३ जिल्लामध्ये ५ जिल्लामा संक्रमितको संख्या २०० भन्दा बढी छ। जसमध्ये ललितपुरमा ३ सय ९९, चितवनमा ३ सय ४१, मकवानपुरमा २ सय ८३ र भक्तपुरमा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ।
लिंगका आधारमा संक्रमित
लिंगको आधारमा संक्रमणको अवस्था हेर्दा नेपालभरको अनुपात भन्दा वागमती प्रदेशमा संक्रमित महिलाको संख्या बढी छ। नेपालभर कूल संक्रमितको १९.३ प्रतिशत संक्रमित महिला र ८०.७ प्रतिशत पुरुष रहेका छन्।
वागमती प्रदेशमा भने संक्रमित महिलाको दर नेपालको अनुपातमा बढी छ। वागमती प्रदेशमा कूल संक्रमितको ३१.३ प्रतिशत महिला छन् भने पुरुष ६८.७ प्रतिशत रहेको ईडीसीडीको तथ्यांकमा उल्लेख छ।
लिंगका आधारमा उमेर समूहगत संक्रमित
उमेर समूहका आधारमा संक्रमण