काठमाडौं : पोखरामा ट्याक्सी चालकलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि हुँदा एक जना ट्याक्सी चालकमा पनि संक्रमण देखिएको हो।
कन्ट्र्याक्ट ट्रेसिङका क्रममा पोखरा-१६ का ४० वर्षका चालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
संक्रमण पुष्टी हुनेमा पोखरा १६ कै एक ३१ वर्षकी महिलामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै गोरखा जिल्लाका १ जना पुरुष र नवलपरासी वूर्व वनियी त्रिवेणीका ३ महिला र ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एक जना ९ वर्षका बालक पनि छन्।
योसँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ८७९ पुगेको छ। प्रदेशमा निको हुनेको संख्या एक हजार ६११ अर्थात ८५.७३ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ।
