PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भरतपुर अस्पतालमा भएको परीक्षणमा थप ९ जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

 भरतपुर अस्पतालमा भएको परीक्षणमा थप ९ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतवार भएको परीक्षणमा थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। परीक्षण गरिएका १०२ नमुना मध्ये ९ जनामा कोभिड-१९ पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण पुष्टि भएका मध्ये भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएका भरतपुरका ७ महिला छन्। त्यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत सर्लहीका एक पुरुष र नारायणी सामुदायीक अस्पतालमा उपचाररत तनहुँकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell