PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद, कोशी अस्पतालमा सञ्चालन गरिने



अनन्तराज न्यौपाने

विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद, कोशी अस्पतालमा सञ्चालन गरिने

विराटनगर : विराटनगर महानगरपालिकामा स्थानीय उद्योगी–व्यापारीबाट चन्दा उठाएर खरिद गरिएको पीसीआर मेसिन कोशी अस्पतालमा सञ्चालन गरिने भएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रियतामा विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद गरिएको हो।

प्रमुख पराजुलीले पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए। मेसिन आइतवार दिउँसो विराटनगर आइपुगेको छ।

प्रमुख पराजुलीका अनुसार उद्योगपति शिरीष मुरारकामार्फत् खरिद गरिएको मेसिनको मूल्य मूअकरबाहेक २८ लाख छ।

मेसिन खरिदका लागि सबैभन्दा बढी चन्दा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ दिएका थिए। शिरीष मुराराका र भाटभटेनी सुपर मार्केटले ५ लाख रुपैयाँ दिएका छन्। मेसिन खरिदका लागि ३० लाख रुपैयाँ सङ्कलन भइसकेको छ।

महानगरपालिकाले मेसिन खरिद गर्दा लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले महानगरवासीको ‘कोभिड–१९ कोष विराटनगर’ नामको संस्था दर्ता गरेर सोही संस्थामार्फत् खरिद गरिएको प्रमुख पराजुलीले जानकारी दिए। संस्थाका संरक्षक प्रमुख पराजुली छन्।

मेसिन सञ्चालनका लागि महानगरले अनुगमन समिति बनाउने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell