PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

लमजुङमा ६३ वर्षीय वृद्धसँग घम्साघम्सीमा हार्‍यो चितुवा!



रासस

लमजुङमा ६३ वर्षीय वृद्धसँग घम्साघम्सीमा हार्‍यो चितुवा!
फाइल तस्विर

लमजुङ : बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।

बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो। थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो।

भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ।

मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ। ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell