कैलाली : धनगढीमा गरिएको परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५, धनगढी उपमहानगरपालिकाका चार महिला र चार पुरुष गरी आठ, घोडाघोडी नगरपालिका ११ का तीन पुरुषमा कोरोना पुष्टि भएको बताए।
यस्तै भजनी नगरपालिका २ का एक महिला र तीन पुरुष गरी चार जना, जोशीपुर २ का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई महिला र चार पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष गरी दुईजनामा संक्रमण देखिएको छ।