काठमाडौं : पछिल्लो २४ घण्टामा ८१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ४१ जिल्लामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ८ हजार ३६ जनाको पीसीआर गरिएकोमा ८ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९३५ पुगेको छ। हाल १३ हजार १५५ जना संक्रमित उपचारका क्रममा रहेका छन्। जसमध्ये ९ हजार २१२ संस्थागत आइसोलेसनमा र ३ हजार ९४३ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा २८१ जना संक्रमित उपचार पछि निको भएर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या १४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा २२० महिला र ५९८ पुरुष रहेका छन्। जसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा १३९ जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्। त्यस्तै, काठमाडौंमा १२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै, सर्लाहीमा ९१, धनुषामा ६० र मोरङमा ५० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये प्रदेश २ का जिल्लाबाट मात्र ३९० जना रहेका छन। त्यस्तै, वाग्मती प्रदेशमा २०५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै प्रदेश ५ मा १००, प्रदेश १ मा ७०, सुदूरपश्चिममा ३३, गण्डकीमा १३ र कर्णालीमा ८ जना संक्रमित पहिचान भएका छन्।
कुन जिल्लामा कति थपिए?
प्रदेश १
झापा १०
मोरङ ५०
सुनसरी ९
प्रदेश २
धनुषा ६०
पर्सा १३९
बारा ३९
महोत्तरी ३४
रौतहट ९
सप्तरी ४
सिरहा १४
सर्लाही ९१
वाग्मती
काठमाडौं १२६
काभ्रेपलान्चोक २७
दोलखा ६
धादिङ १
भक्तपुर २८
मकवानपुर १
रसुवा १
रामेछाप २
ललितपुर १२
सिन्धुली १
गण्डकी
कास्की ५
गोरखा २
नवलपरासी पूर्व ६
प्रदेश ५
अर्घाखाँची १२
कपिलवस्तु ११
नवलपरासी पश्चिम ३०
पाल्पा २
प्युठान २
बर्दिया २
बाँके ११
रुकुम पूर्व १
रुपन्देही २८
रोल्पा १
कर्णाली
जुम्ला २
रुकुम पश्चिम ६
सुदूरपश्चिम
अछाम २३
डडेलधुरा २
दार्चुला १
बझाङ ३
बैतडी ४
