PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा



एम बम

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीको निवासको गाडी चलाउने २३ वर्षीय चालकलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

सवारी चालकमा संक्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

चालक मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन्। उनी मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिन अघि डोटी पुगेर फर्किएका थिए।

मुख्यमन्त्री सहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell