PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरका ४२ जनासहित प्रदेश १ मा आज ७० जनामा कोरोना संक्रमण पुष्टि



फूलमाया पुरी

विराटनगरका ४२ जनासहित प्रदेश १ मा आज ७० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर : प्रदेश नम्बर १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितमध्ये २७ महिला र ४३ पुरुष रहेका छन्।

प्रदेश १ मा आज देखिएका संक्रमितमध्ये मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको छ। जसमा १८ महिला र २४ पुरुष रहेका छन्।

त्यस्तै, मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यता, सुनसरीको इटहरीका १ महिला र ८ पुरुष तथा धनुषाका १ पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ।

प्रदेशमा आज २५ जना डिस्चार्ज भएका छन्। कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ६८ पुगेको छ।

प्रदेशमा आज ८ सय ५ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell