PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

वीरगंजमा एक ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा एक ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु
फाइल फोटो

वीरगंज : पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बिन्दाबासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाहीकी ७० वर्षीया महिला हुन्।

उनको मृत्यु आइतवार बिहान ११ बजेर ४० मिनेटमा उपचारको क्रममा नारायणी अस्पतालको आइसीयूमा भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। क्षयरोगको बिरामी रहेकी महिलाको श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारायणी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो।

उनको स्वाब हिजो नै संकलन गरी परीक्षण गर्दा आइतवार बिहान रिपोर्ट पोजिटिभ आएको थियो। योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा ३० पुगेको छ। जसमा एक जना पहिचान नखुलेका र दुई भारतीय पनि रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell