PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कोरोनाका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु



फूलमाया पुरी

कोरोनाका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु

विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। सुनसरीको धरान नगरपालिका ८ नम्बर वडाका ६८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार साउन २९ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। ३० गते उनी प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए। आज साँझ ६:३५ बजे उनको मृत्यु भएको हो।

प्रतिष्ठानको हेल्थ डेस्कको सम्पर्कमा आएका ती पुरुषमा अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो। त्यस्तै, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास सम्बन्धी दीर्ग रोगीका बिरामी भएको सापकोटाले जानकारी दिए।

मृतकको शव व्यवस्थापन नेपाल सरकारको प्रोटोकल तथा नियमानुसार हुने उनले बताए। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell