युइएफए च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले हात पारेको छ। लेस्बनमा आज भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलअन्तरले हराउँदै बायर्नले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।
The King of Europe 👑 #MiaSanChampions #UCLfinal pic.twitter.com/MUGLaaH9zZ
— FC Bayern English (@FCBayernEN) August 23, 2020
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा बायर्नको जितको लागि किङ्ग्सले कोमनले निर्णायक गोल गरे। उनले खेलको ५९ मिनेटमा किममिचको पासमा गोल गर्दै बायर्नलाई च्याम्पियन्स लिगको उपाधि सुरक्षित गराए। खेलमा दुबै टिमले पटकपटक गोलका अवसरहरु सिर्जना गरेता पनि सदुपयोग भने गर्न सकेनन्।

यो सँगै बायर्न म्युनिखले छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो।
Bayern Munich win their SIXTH European Cup
— Goal (@goal) August 23, 2020
🏆 1974
🏆 1975
🏆 1976
🏆 2001
🏆 2013
🏆 2020 #UCLfinal | #UCL | #PSGFCB pic.twitter.com/X9nqOIoFf7
म्युनिखको दोस्रो ट्रेबल पुरा
बायर्न म्युनिखले आफ्नो दोस्रो ट्रेबल च्याम्पियन्स लिगको उपाधि हात पारेसँगै जितेको छ। यदि कुनै टिमले घरेलु लिग, कप र च्याम्पियन्स लिग एकै सिजनमा जित्छ भने त्यसलाई ट्रेबल भनिन्छ। अर्थात एकै सिजन तीन उपाधि उचाल्ने सौभाग्य। फुटबलमा यसलाई ठूलो उपलब्धिका रुपमा लिइन्छ। यसअघि बार्सिलोनाले सन् २००८/९ र २०१५/१५ मा ट्रेबल पुरा गरेको थियो। बार्सिलोनासँगै म्युनिखले पनि दुई पटक ट्रेबल पुरा गरेको हो। यसअघि म्युनिखले सन् २०१२/१३ मा ट्रेबल पुरा गरेको थियो।

यसबाहेक म्यानचेस्टर युनाइटेड (१९९८/९९), बायर्न म्युनिख (२०१२/१३), इन्टर मिलान (२००९/१०), सेल्टिक(१९६६/६७), एएफसी अजाक्स (१९७१/७२) र पिएसबी इधोवेन (१९८७/८८) ले ट्रेबल पुरा गरेका छन्।
