PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै ओली-प्रचण्ड



पहिलोपोस्ट

कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै ओली-प्रचण्ड
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्दैछन्।

सोमवार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच छलफलको तयारी रहेको छ।

विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो।

नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुरु हुन सकेको छैन। बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो।

कार्यदलले ओलीले ५ नै वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ। त्यस्तै, कार्यदलले पार्टीलाई एकतावद्ध बनाउनुपर्ने कुरामा जोड दिएको छ।

कार्यदलका सदस्यहरुले आफूहरुले बुझाएको प्रतिवदेनले पार्टी विवाद सुल्झने दावी गर्दै आएका छन्। उक्त प्रतिवेदन ओली प्रचण्डको छलफलपछि सचिवलय बैठकमा पेश हुनेछ। सचिवालयमा छलफलपछि स्थायी कमिटीबाट पारित गरिने नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell