काठमाडौं : सुदन गैरे र मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीत भिडियोसहित यूट्युब रिलिज भएको हो।
गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
गणेश शाही निर्देशित डान्सिङ नम्बर ‘उडी जाने जेल’को भिडियोमा एलिशा शर्मा र भिजु पार्की फिचर्ड छन्। भिडियोमा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहेको छ।
गायक गैरे अमेरिकामा रहेर नेपाली संगीतमा सक्रिय छन्।
