PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

एक सातामा भारतमा ४ लाख ५० हजारभन्दा धेरै संक्रमित र ६६६६ को मृत्यु



पहिलोपोस्ट

एक सातामा भारतमा ४ लाख ५० हजारभन्दा धेरै संक्रमित र ६६६६ को मृत्यु

नयाँ दिल्ली : गएको सात दिनमा भारतमा ४ लाख ५० हजार जना भन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्। सात दिनमा ६ हजार ६ सय ६६ जना संक्रमितले ज्यान गुमाएका छन्। एक सातामा संक्रमित संख्या पहिचान र मृत्यु हुनेको संख्या दुवै अहिलेसम्मकै उच्च हो।

आइतवार ६२ हजार ४२ नयाँ केस थपिँदा भारतमा संक्रमितको संख्या ३१ लाख पार भएको छ। शनिवार भारतमा ७० हजार ४ सय ८८ जनामा संक्रमण देखिएको थियो। आइतवार ८ सय ५६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसका कारण खराब अवस्थाबाट गुज्रिरहेका मुलुकको सूचीमा तेस्रो स्थानमा छ भारत। ३१ लाख ५ हजार १ सय ८५ जना संक्रमित भारतमा ५७ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ।

अमेरिका र ब्राजिल भारतभन्दा धेरै संक्रमित भएका मुलुक हुन्। ब्राजिलमा भारतमा भन्दा ५ लाख बढी संक्रमित छन् भने अमेरिकामा २७ लाख बढी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell